• बुधबार, ४ कात्तिक २०८३
  • images

    निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द

    निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द

    स्वास्थ्य मन्त्री डा. शर्माद्धारा चासो व्यक्त

    स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले भेरी अस्पताल निरीक्षण गर्ने क्रममा शैय्या बृद्धि गरेर भएपनि बिरामीलाई सेवा दिनुपर्ने बताउनुभयो । 

    सोमबार, माघ २६ २०८२
    सोमबार, माघ २६ २०८२
    निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द

    नेपालगन्ज, २६ माघ । बाँकेका निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएका छन् ।

    भेरी अस्पताल नेपालगन्जको निरीक्षणको क्रममा मन्त्री शर्माले भेरी अस्पतालमा शैय्या बृद्धि गरेर भएपनि बिरामीलाई सेवा दिनुपर्ने बताउनुभयो । निजी अस्पतालले आमा सुरक्षा कार्यक्रम बन्द गरेपछि भेरी अस्पतालमा चाप बढेको अवस्थामा कसरी त्यसलाई धान्न शैय्या थप गर्नुपर्ने र सेवा विस्तार गर्नुपर्ने उहाँको भनाई थियो । 

    images

     स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले  भेरी अस्पतालमा बिरामीको चाप बढेको विषयप्रति चासो व्यक्त गर्दै उहाँले  देशको वर्तमान आर्थिक अवस्थाका कारण नयाँ संरचना निर्माणमा केही चुनौती रहे पनि समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताउनुभयो । 

    मन्त्री डा शर्माले कार्डियोलोजी विभागका लागि आवश्यक उपकरण उपलब्ध गराउने विषयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    उहाँले अस्पतालबाट प्रदान हुँदै आएको डायलाइसिस सेवा विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो । 

     सिटी स्क्यान मेसिन अभावका कारण सेवा प्रभावित भएको चिकित्सकहरूको गुनासोप्रति ध्यानाकर्षण गर्दै उहाँले उक्त उपकरण अत्यावश्यक रहेको र यसको व्यवस्थापनका लागि पहल गरिने जानकारी दिनुभयो ।

    त्यसअघि मन्त्री डा गौतमले अस्पतालका विभिन्न वार्ड, इमर्जेन्सी लगायतका विभागहरूको निरीक्षण गर्नुभएको थियो । 

    निरीक्षणका क्रममा उहाँले अस्पतालको सेवा प्रवाहबारे जानकारी लिनुभयो । 

    कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालको सेवा प्रवाह, समस्या तथा चुनौतीबारे प्रस्तुति दिनुभयो । 

     कार्यक्रममा अस्पतालका विभागीय प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
    भेरी अस्पतालको निरीक्षणअघि मन्त्री शर्माले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको समेत निरीक्षण गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार