• बुधबार, ४ कात्तिक २०८३
  • images

    वीरगन्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के

    वीरगन्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के

    बिहीबार , फागुन ८ २०८१
    बिहीबार , फागुन ८ २०८१
    वीरगन्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के

    काठमाडौँ, ८ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार वीरगन्जका विभिन्न निजी अस्पतालहरूको छड्के अनुगमन गर्नुभएको छ । 
    अनुगमनका क्रममा इजाजत बिना सञ्चालनमा रहेको एक अस्पताललाई बन्द गर्न निर्देशन दिइएको छ ।

    मुख्यमन्त्री सिंहले वीरगन्ज महानगरपालिकामा रहेका भवानी हस्पिटल एण्ड रिसर्च प्रालि, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, सर्वोत्तम हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, स्पर्श मल्टिस्पेसिलिटी हस्पिटल, गण्डक हस्पिटल प्रालि र शाह हस्पिटल प्रालि गरी सात अस्पतालको निरीक्षण गर्नुभएको थियो । 
    अनुगमनका क्रममा नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर को सञ्चालनका लागि आवश्यक कानूनी कागजात नपाइएपछि मुख्यमन्त्री सिंहले उक्त अस्पताल बन्द गर्न पत्र काट्नुभएको छ ।  अनुगमन टोलीमा सहभागी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार, सो अस्पतालसँग कुनैपनि वैधानिक इजाजत नदेखिएकाले तत्काल बन्द गर्न निर्देशन दिइएको हो ।

    images

    त्यस्तै, इजाजत पत्र नविकरण नगरेका भवानी हस्पिटल एण्ड रिसर्च प्रालि र स्पर्श मल्टिस्पेसिलिटी हस्पिटल लाई आवश्यक कागजात नवीकरण गरी प्रदेश स्वास्थ्य मन्त्रालयमा पेश गर्न लिखित निर्देशन दिइएको छ ।

    अनुगमनपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले वीरगन्जका निजी अस्पतालहरूको सेवा सम्बन्धी व्यापक जनगुनासो आएकोले अनुगमन गरेको बताउनुभयो ।  त्यसैलाई ध्यानमा राख्दै मैले स्वयं अनुगमन गरेको हुँ उहाँले भन्नुभयो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार