काठमाडौं,६ माघ । स्वास्थ्य पत्रकार मञ्चका सल्लाहकार समेत रहनुभएका स्वास्थ्य पत्रकार उद्धवराज भेटुवाल आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाबट काठमाडौँ क्षेत्र नं ६ बाट उम्मेदवारी दिनुभएको छ ।
लामो समय स्वास्थ्य पत्रकारितामा सक्रिय पत्रकार भेटुवालले मंगलबार दिउँसो २ बजे निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गर्नुभयो ।
यसअघि उहाँले न्युज २४ टेलिभिजन, कान्तिपुर टेलिभिजन, हाम्रो डाक्टर डटकम, स्वास्थ्य डायरी अनलाईनमा स्वास्थ्य पत्रकारिता गरिसक्नुभएको छ ।
उहाँको उम्मेदवारीलाई बौद्धिक वर्ग र सञ्चारकर्मीहरूले चासोका साथ हेरेका छन्। पत्रकारितामार्फत समाजका समस्या उजागर गर्दै आउनुभएका भेटुवाल अब आफैँ नीति निर्माण तहमा पुग्ने लक्ष्यका साथ चुनावी प्रतिस्पर्धामा होमिनुभएको हो ।
भेटुवालले वर्तमान राजनीतिक व्यवस्थाका आधारभूत स्तम्भहरू संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि खरो प्रश्न उठाउँदै आउनुभएको छ ।
राप्रपाको मूल एजेन्डालाई दृढतापूर्वक बोक्ने उहाँ आफ्नो जितको मुख्य आधार नै विचारको स्पष्टता भएको बताउनुहुन्छ ।
ुअहिलेको व्यवस्थाले जनतामा निराशा मात्रै पैदा गरेको छ। संघीय गणतन्त्र र धर्मनिरपेक्षता जस्ता विषयमा राप्रपाले राख्दै आएको फरक मत नै आम जनताको वास्तविक आवाज हो, भेटुवाल भननुहुन्छ,“हाम्रो स्पष्ट विचार र योजना नै यो निर्वाचनमा जितको सुनिश्चितता हो।”