• बिहीबार , ५ कात्तिक २०८३
  • images

    ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु, चालक फरार 

    ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु, चालक फरार 

    बिहीबार , माघ १ २०८२
    बिहीबार , माघ १ २०८२
    ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु, चालक फरार 

    सुनसरी, १ माघ । सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

    हुलाकी राजमार्गबाट बिहीबार बिहान साढे ५ बजे विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको हो।

    images

    उक्त ट्रक भोक्राहा नरसिंह गाउँपालिका ८ मा अनियन्त्रित भई पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले मत्यु हुनेमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरूङ रहेको जानकारी गराउनुभयो । 

    प्रहरीका अनुसार ट्रकमा लोड गरिएको मार्बलले किचिएर मार्बल माथि बसेका पाँच जना कामदारको घटनास्थलमै ज्यान गएको हो।


    उनीहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडानम्बर १ का बासिन्दा हुन्। उक्त ट्रकमा चालकसहित ९ जना सवार थिए।

    मार्बल बोकेको ट्रकमा पछाडि ५ जना र अगाडि चालकसहित ४ जना सवार थिए। ट्रक पल्टिँदा पछाडि सवार ५ जनाको मृत्यु भएको हो । 

    ट्रकको अगाडि बस्ने तीन जनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ । ट्रक चालक चालक फरार रहेका छन्। चालकलाई खोज्ने काम भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार