• सोमबार, २ कात्तिक २०८३
  • images

    नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी दक्षिण पूर्वी एशिया क्षेत्रीय सम्मेलन सम्पन्न

    नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी दक्षिण पूर्वी एशिया क्षेत्रीय सम्मेलन सम्पन्न

    उपचार भन्दा रोकथाममा ध्यान दिउँः स्वास्थ्यमन्त्री शर्मा

    मंगलबार, पुस २९ २०८२
    मंगलबार, पुस २९ २०८२
    नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी दक्षिण पूर्वी एशिया क्षेत्रीय सम्मेलन सम्पन्न

    ललितपुर, २९ पुस । नेपाल एनसीडी एलायन्सको आयोजनामा नसर्ने रोग सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘साउथ इस्ट एशिया रिजनल कन्फरेन्स अन एनसीडी एण्ड मेन्टल हेल्थ ः स्ट्रेन्थेनिङ एकाउन्टविलिटी, पोष्ट युएन एचएलएम–२०२५’ सम्पन्न भएको छ ।
    साउथ इस्ट एशिया रिजनल (सेरो) एनसीडी एलायन्स र नेपाल एनसीडी एलायन्सको संयुक्त आयोजनामा उक्त अन्र्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको हो । 

     सम्मेलनको मुख्य उद्धेश्य सन् २०२५ को संयुक्त राष्ट्र संघीय उच्च स्तरीय बैठक पछि नसर्ने रोग तथा मानसिक स्वास्थ्यको क्षेत्रमा गरिएको प्रतिवद्धता अनुसार यस क्षेत्रका राष्ट्रहरुमा कार्यान्वयन अवस्थालाई सुदृढ गर्न रहेको छ । सम्मेलनमा नेपाल एनसीडी एलायन्स, बंगलादेश एनसीडी फोरम, हेल्दी इन्डिया एलायन्स, बंगलादेश नन् कम्युनिकेवल डिजिजेज फोरम, एनसीडी एलायन्स श्रीलंका, मालदिभ्स एनसीडी एलायन्स, इन्डोनेसिया एनसीडी एलायन्स, एनसीडी मलेसिया, द एनसीडी एलायन्स एसोसिएसन अफ थाइल्याण्डबाट  समेत सहभागीहरुको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले प्राथमिक स्वास्थ्य सेवामा नसर्ने रोग र मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । 

    images


    मन्त्री शर्माले नसर्ने रोगहरू नेपालका लागि प्रमुख स्वास्थ्य चुनौती बनेको भन्दै नेपालमा हुने कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी नसर्ने रोगका कारण भइरहेको बताउनुभयो ।  नसर्ने रोगमा हुने खर्च नेपालको अर्थतन्त्र र मानव संसाधनमाथिको ठूलो प्रहार हो भन्दै उहाँले उपचारभन्दा रोकथामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 
    मन्त्री शर्माले मानसिक स्वास्थ्यलाई ‘ओझेलमा परेको महामारी’ को संज्ञा दिँदै सरकारले हालै सुरु गरेको ‘राष्ट्रिय मानसिक स्वास्थ्य अभियान २०२५’ लाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    उहाँले युवा र किशोरकिशोरीहरूका लागि लक्षित क्लिनिक’ को सफलता उल्लेख गर्दै आगामी दिनमा यस्ता सेवाहरू स्थानीय तहसम्म बिस्तार गरिने बताउनुभयो ।

    उहाँले  नसर्ने रोगको जोखिम कम गर्न सरकारले तयार पारेको पञ्च बर्षीय रणनीतिक दस्तावेज मल्टि सेक्टरल एक्सन प्लान २०२६ ३० को प्रसंग निकाल्दै यसले आगामी पाँच वर्षका लागि नसर्ने रोग र मानसिक स्वास्थ्यको क्षेत्रमा हुने प्रगति मापन गर्ने बताउनुभयो ।

    sunita dangol ji.jpg
    काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मानसिक स्वास्थ्य सुसुप्त महामारीको रुपमा अघि आइरहेको बताउनुभयो । उहाँले तीनै तहका सरकारले नसर्ने रोग नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
    उममेयर डंगोलले काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवामा उल्लेखनीय लगानी गर्दै आएको जानकारी दिदै हालसम्म ३२ वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिसकिएको बताउनुभयो ।

    nce alliance program.jfif
    उहाँले अस्पतालहरूसँग समन्वय गरी निःशुल्क प्राथमिक स्वास्थ्य सेवा विस्तार गरेको समेत जानकारी दिनुभयो ।
    सेरो एनसीडी एलायन्सका अध्यक्ष प्राडा अभिनव वैद्यले सम्मेलनमा संयुक्त राष्ट्र संघीय उच्च स्तरीय बैठक २०२५ पछिको सन्दर्भमा नसर्ने रोग र मानसिक स्वास्थ्यका लागि उत्तरदायित्व ढाँचालाई सुदृढ बनाउने विषयमा मुख्य छलफल भएको बताउनुभयो ।

    dr avinab baidhya.jpg उहाँले नसर्ने रोग तथा मानसिक स्वास्थ्यको क्षेत्रमा गरिएको प्रतिवद्धताको कार्यान्वयनको अवस्था कस्तो छ ? यस क्षेत्रका देशहरुले यसलाई कसरी कार्यान्वयनमा लगिरहेका छन् भन्ने विषयमा अनुभव आदान प्रदान गर्ने मुख्य उदेश्य रहेको बताउनुभयो । 

    pr regmi.jpg
     नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीले नसर्ने रोगको प्रकोपलाई न्युनिकरण गर्न राष्ट्रिय स्तर, क्षेत्रीय स्तर र विश्वस्तरबाट हुनु पर्ने कामका बारेमा समन्वय, सहकार्य र थप आइडिया सेयरिङका लागि पनि यो सम्मेलन महत्वपूर्ण भएको बताउनुभयो । 
    नेपालको सन्दर्भमा बहु–पक्षीय उत्तरदायित्व ढाँचा डा. मनिता प्याकुरेलद्वारा प्रस्तुत गर्नुभयो ।

    manita pyakurel ji.jpg
    सम्मेलनमा  ‘कि नोट स्पिच’ दिने क्रममा एनसीडी एलायन्स जेनेभाबाट सहभागी लिन्डा सेन्क मार्कोभाले नसर्ने रोग र मानसिक स्वास्थ्यका विषयमा संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय बैठक २०२५ पछिका सवाल र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो । 
    उहाँले राजनीतिक  प्रतिवद्धता कार्यान्वयनका लागि राष्ट्रिय , क्षेत्रीय र विश्व स्तरीय समन्वयको खाँचो रहेको बताउनुभयो । 

    ncd alliance pgm.jpg
    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालको प्रतिनिधि डा. लोनिम दीक्षितले नसर्ने रोग र मानसिक स्वास्थ्यका क्षेत्रमा नेपाल सरकारले अघि सारेको अवधारणा पत्रलाई कार्यान्वयन गर्न डब्लुएचओ सहयोगी बनेको बताउनुभयो । 
    सम्मेलनमा नेपालको नसर्ने रोग र मानसिक स्वास्थ्यको अवस्थाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बहुक्षेत्रीय समन्वय शाखाका प्रमुख डा समिरकुमार अधिकारीले प्रस्तुति राख्नुभयो ।
    यस्तै बंगलादेश नन कम्युनिकेवल डिजिजेज फोरमकी उमे फारिन सुल्तानाले युएन हाईलेभल मिटिङ पछि प्रगतिको बारे प्रस्तुति दिनुभयो ।
    हेल्दी इन्डिया एलायन्सकी राधिका श्रीवास्तवले स्वास्थ्य करमार्फत नसर्नेरोग बिरुद्धको अभियानलाई सुदृढ पार्नका लागि वित्तीय र नियामक उपायहरुको बारेमा प्रस्तुति दिनुभएको थियो । 
    ईन्डोनेसिया एनसीडी एलायन्सकी नन्दा फुजियानाले भरच्युअल माध्यमबाट नसर्ने रोग र मानसिक स्वास्थ्यबारेमा जवाफदेहीता संगै बहुक्षेत्रीय स्तरमा गरिएकाकाम बारेमा प्रस्तुति दिनुभयो ।
    नसर्ने रोग र मानसिक स्वास्थ्य नियन्त्रणका लागि गरिएका प्रतिवद्धताहरुको प्रगतिमा क्षेत्रीय तहबाट के कस्ता काम भएका छन् भन्ने विषयमा एनसीडी एलायन्स लंकाका पुवुदु सुमनासेकरा, डा अव्दुल मलिक माल्दिभ्स, डा सुरेन्द्र सेरचन नेपालको समुहगत छलफल भएको थियो । 
     नेपाल एनसीडी एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले नसर्ने रोग र मानसिक स्वास्थ्यको विषयलाई राष्ट्रिय, क्षेत्रीय र विश्व स्तरबाट विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार