• सोमबार, १५ भदौ २०८३
  • images

    नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दीपक कुमार शाह विजयी 

    नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दीपक कुमार शाह विजयी 

    आइतबार, पुस २० २०८२
    आइतबार, पुस २० २०८२
    नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दीपक कुमार शाह विजयी 

    काठमाडौँ, २० पुस । नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दीपक कुमार शाह  विजयी हुनुभएको छ ।

    संघको १८ औँ अधिवेशनबाट शाह अध्यक्षमा विजयी हुनुभएको हो ।

    उहाँले ११० मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी रवि शंकर चौधरीले ६९ मत प्राप्त गर्नुभयो । 
    यसैगरी उपाध्यक्षमा कैती १०९ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिद्धन्दी सविन्द्र कुमार यादवले ५८ मत प्राप्त गनुभयो । 

    यस्तै सचिवमा अविनाश झाले ८७ मत ल्याएर विजयी हुनुभयो । सचिव पदमा चारजनाले उम्मेदवारी दिएका थिए । 
    यस्तै अमित कुमार सिंहले ९३ मत ल्याएर विजयी हुनुभयो । प्रतिष्पर्धी मुकेश कुमार झाले ८६ मत प्राप्त गर्नुभयो । 

    यस्तै सहसचिवमा जनक पौडेलले ५३ मत ल्याएर विजयी हुनुभयो । सहसचिवमा चारजना प्रतिष्पर्धी हुनुहुन्थ्यो । 

    यस्तै सदस्यहरुमा स्नेहा साह, अरविन्द यादव, रोमी चौधरी, सुदर्शन खनाल, मनिष दाहाल, रुपेश पौडेल, सुरेन्द्र प्रसाद साह र जय सुन्दर सुनरैत विजयी हुनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार