• बिहीबार , ५ कात्तिक २०८३
  • images

    नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित 

    नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित 

    स्वास्थ्यकर्मीको हकहित, पेशागत सुरक्षा, सेवा सुविधा बढाउने पक्षमा केन्द्रीत हुन्छु: अध्यक्ष भट्ट

    बिहीबार , पुस १० २०८२
    बिहीबार , पुस १० २०८२
    नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित 

    लुम्बिनी, १० पुस ।  नेपाल स्वास्थ्यकर्मी संघको आठौँ केन्द्रीय महाधिवेशनबाट दीपकराज भट्ट केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

    लुम्बिनीमा आज  (बिहिवार) सम्पन्न महाधिवेशन ले दीपकराज भट्टको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो ।

    images

     निर्वाचन समितिले सार्वजनिक गरेको परिणाम अनुसार सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित  भएका छन् ।

    निर्वाचित भएपछि अध्यक्ष भट्टले आफ्नो कार्यकालमा स्वास्थ्यकर्मीको हकहितका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    उहाँले स्वास्थ्यकर्मीको दरबन्दी बढाउनेदेखी शान्ति,सुरक्षा , स्वास्थ्यकर्मी लाई विदेशिनबाट रोक्न आफ्नो पहल्कदमी हुने बताउनुभयो ।

    अध्यक्ष भट्टले नव निर्वाचित नेतृत्वले स्वास्थ्यकर्मीहरूको हकहित, पेशागत सुरक्षा, सेवा सुविधा तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।


    महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विश्व बन्धु विनायी निर्वाचित हुनुभयो ।
    यस्तै उपाध्यक्षहरूमा मिना श्रेष्ठ, बसन्त कुमार आचार्य, हरिहर तिवारी, रमेश दाशौदी, हर्क बहादुर खड्का, मुरारी आचार्य, शारदा कुमारी यादव, केदारनाथ शाह र कमल नारायण चौधरी चयन हुनुभयो ।
    यसैगरी महासचिवमा विष्णु लामिछाने, उपमहासचिवमा दिलेन्द्र श्रेष्ठ, जगेन्द्र मण्डल, डबल बहादुर बिसी, निखिल पोखरेल र अनिल सेन ठकुरी निर्वाचित हुनुभयो  । 

    कोषाध्यक्षमा सुरेश दवाडी निर्वाचित हुनुभएको छ । यस्तै सह कोषाध्यक्षमा शेर बहादुर खत्री  निर्वाचित हुनुभयो । सचिवहरूमा चिरञ्जीवी पाण्डे, मदन पोखरेल, प्रतिभा सिंह र तारा बहादुर बस्नेत निर्वाचित हुनुभएको छ ।


    महाधिवेशनबाट  सदस्यहरूमा गणेश प्रसाद नेपाल, प्रमोद प्रसाद कश्यप, पुनम कुमारी शाह, गजेन्द्र बहादुर थापा, इन्द्रा लोहनी, विष्णु प्रसाद खनाल, सुजता भट्टराई, लक्ष्मणनाथ योगी, बम प्रसाद भट्ट, अनिल कुमार शाह, रमेश कुमार खनी, हरि प्रसाद जैसी, प्रदीप योगी, मिना कुमारी काकी, होमनाथ सुवेदी, दिपेन्द्र कुमार सिंह, गंगा सेनी, गणेशराज पौडेल, सिताराम चौधरी, लोक प्रकाश रोकाय, नवराज खड्का, विष्णु प्रसाद शर्मा, आलोक कुमार चौधरिया, हिरालाल शाह, रोषण श्रेष्ठ र धुर्वराज भिमिरे निर्वाचित हुनुभयो।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार