• बिहीबार , ५ कात्तिक २०८३
  • images

    टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार खड्काको मृत्यु

    टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार खड्काको मृत्यु

    बिहीबार , पुस १० २०८२
    बिहीबार , पुस १० २०८२
    टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार खड्काको मृत्यु

    काठमाडौँ, १० पुस । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइसधारामा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार सागर खड्काको मृत्यु भएको छ । 

     अर्घाखाँची घर भएर बसुन्धारा बस्ने २१ वर्षीय खड्का गएराति साढे १० बजेतिर बागमती प्रदेश–०१–००६ ख ३४५४ नम्बरको टिप्परले लु ५९ प ७०६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खड्का गम्भीर घाइते हुनुभएको थियो । 

    images

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले खड्काको  उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको  जानकारी दिनुभयो । 

    दुर्घटनामा परेर मोटरसाइकलमा सवार अर्का युवक अर्घाखाँची घर भएका २२ वर्षीय लक्ष्मण राउत घाइते हुनुभएको छ । 

    उहाँको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । हाल टिप्पर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार