• बिहीबार , ५ कात्तिक २०८३
  • images

    मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

    मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

    हेल्दीखबर
    आइतबार, मंसिर ३० २०८१
    हेल्दीखबर
    आइतबार, मंसिर ३० २०८१
    मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

    विराटनगर, ३० मंसिर,  । मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।

    मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा
    शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

    images

    प्रहरीका अनुसार मृतक बाबुछोरा हुन् । दुर्घटनामा परेर कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । 
    मोटरसाइकल छोरा आशिकले चलाएका थिए । तीव्र गतिमा रहेको मोटरसाइकल आफैं घिनाघाट–विराटचोक सडक खण्डको नहरमा ठोक्किएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएकालाई प्रहरीले विराट नर्सिङहोम पठाएको थियो । अस्पतालमा उपचारका क्रममा राति नै उनीहरूको मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार