मोटरसाइकल दुर्घटनामा गएराती थापाको निधन भएको हो
विराटनगर,१० पुस । राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा निधन भएको छ।
विराटनगर महानगरपालिका ५ का २७ वर्षे थापाको राति १ बजेतिर दुर्घटनामा पर्नुभएको थियो ।
विराटनगर–४ स्थित एयरपोर्ट लाइनबाट बरगाछीस्थित गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटना लगतै उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन् ।
थापा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय क्रिकेट खेल्दै आउनुभएको छ ।
ब्याट्सम्यान रहनुभएका उहाँले केही फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाइसक्नुभएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जानकारी दिनुभयो ।
उहाँले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको बताउनुभयो ।
राष्ट्रिय खेलाडीको असामयिक निधनले परिवार, आफन्त तथा क्रिकेट समर्थकहरू शोकमा छन्। परिवारका अनुसार थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता हुनुहुन्छ ।
उहाँआमा तनुजा थापा र भाइ प्रदीप थापासँगै बस्दै आउनुभएको थियो ।