काठमाडौं, १५ कार्तिक । जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन एसोसिएशन अफ नेपाल (जीपीम्यान)को अध्यक्षमा डा. विश्व राज दवाडी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
आगामी तीन वर्षका लागि भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. सुरेश प्रसाद नेपाल, उपाध्यक्षमा डा. तीर्थ मान श्रेष्ठ, महासचिवमा डा. विकास गौचन, सहसचिवमा डा. सन्तोष बास्तोला, कोषाध्यक्षमा डा. सञ्जय कुमार गुप्ता, तथा सहकोषाध्यक्षमा डा. आरती शाह निर्वाचित हुनुभयो ।
त्यस्तै सदस्यहरुमा डा. ऐषणा जोशी, डा. दयाराम लम्साल, डा. दिपेन्द्र तिमिल्सिना, र डा. राजीव राज थपलिया सर्वसम्मत निर्वाचित हुनुभयो ।