ओखलढुंगा, ५ कार्तिक । ओखलढुंगा जिल्ला लिखु गाउँपालिका ९ वाच्पुका मोहन खड्काको निधन भएको छ ।
३८ वर्षका खड्काले पारिवारिक झगडा भएपछि विष सेवन गरेको बुझिएको छ । विष सेवन पश्चात् खड्कालाई मंगलबार दिउँसो उपचारको लागि धुलिखेल अस्पताल पुर्याइएको थियो ।
धुलिखेल अस्पतालमा उपचारको क्रममा खड्काको बुधबार दिउँसो निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले खड्काको मृत्यु भएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।