भक्तपुर, ५ असोज । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मेडिकल अफिसरको नतिजा प्रकाशित गरेको छ ।
अस्पतालले प्रकाशित गरेको सूचना अनुसार चार जनाले नाम निकालेका छन् ।
मेडिकल अफिसरहरु डा. शोभा सापकोटा, डा. दिपेन्द्र कडेल, डा. अनन श्रेष्ठ र डा.शुसान्त सुवाल छन् ।
यस्तै पाँचजना डाक्टरले वैकल्पिकमा नाम निकाल्न सफल भएका छन् ।
नाम निकालेका चिकित्सकले १५ दिनभित्र नियुक्तिपत्रका लागि अस्पताल प्रशासनमा सम्पर्क गर्नुपर्नेछ ।
हेरौँ सूचनाः
