• सोमबार, १५ भदौ २०८३
  • images

    दश हजार कर्मचारी कटौती गरिने

    दश हजार कर्मचारी कटौती गरिने

    सचिवस्तरीय बैठकमा सैद्धान्तिक सहमति

    मंगलबार, भदौ ३१ २०८२
    मंगलबार, भदौ ३१ २०८२
    दश हजार कर्मचारी कटौती गरिने

    काठमाडौँ, ३१ भदौ । निजामती सेवा अन्तर्गत सङ्घीय तहमा १० हजार कर्मचारी कटौती गरिने भएको छ ।

    सरकारले निजामती सेवा अन्तर्गत सङ्घीय तहमा २० प्रतिशतले कर्मचारी घटाउने तयारी गरेको छ ।

     मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो । 


    हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ ।

    यो दरबन्दी मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूबाट घटाइने छ ।

    यसका लागि आवश्यक प्रस्ताव असोज २० गते भित्र तयार गर्ने निर्णय गरिएको छ ।

    निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रस्ताव तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेस गरिने छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार