• सोमबार, १५ भदौ २०८३
  • images

    अखाद्य वस्तु बेच्ने धनुषा डिस्टिलरीलाई दुई लाख जरिवाना 

    अखाद्य वस्तु बेच्ने धनुषा डिस्टिलरीलाई दुई लाख जरिवाना 

    बुधबार, भदौ ११ २०८२
    बुधबार, भदौ ११ २०८२
    अखाद्य वस्तु बेच्ने धनुषा डिस्टिलरीलाई दुई लाख जरिवाना 

    काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले ‘मुस्ताङ गोल्ड’ नामक मदिरामा अखाद्य पदार्थ भेटिएपछि धनुषा डिस्टिलरी प्रालिलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।

    सिलबन्दी अवस्थामा बिक्री भइरहेको मदिरामा झिँगाजस्तो वस्तु फेला परेपछि उपभोक्ताले महानगर प्रहरीमा उजुरी दिएका थिए ।

    महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार जरिवाना रकम काठमाडौँ महानगरपालिकाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ । 

     नमुना सङ्कलन गरी परीक्षण गर्दा बोतलभित्र अखाद्य तत्त्व भेटिएको पुष्टि भएपछि जरिवाना गरिएको हो ।

    महानगरको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ अनुसार यसलाई अनुचित व्यापारिक गतिविधि मानिएको छ । 

    काठमाडौँ महानगरपालिकाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार