• सोमबार, १५ भदौ २०८३
  • images

    सप्तरीका पशुमा  फैलिँदै लम्पी स्किन रोग

    सप्तरीका पशुमा  फैलिँदै लम्पी स्किन रोग

    बिहीबार , साउन १५ २०८२
    बिहीबार , साउन १५ २०८२
    सप्तरीका पशुमा  फैलिँदै लम्पी स्किन रोग

    सप्तरी, १५ साउन । सप्तरी जिल्लाका चौपायामा पनि लम्पी स्किन रोग  फैलिँदो क्रममा रहेको छ । 

    लम्पी स्किन विरूद्ध लगाइने भ्याक्सिनको जिल्लामा अभाव भएको छ ।

    जिल्लाको राजविराज, कञ्चनपुर नगरपालिका, महदेवा, छिन्नमस्ता, रूपनी, बलान बिहुल, विष्णुपुर, राजगढलगायत पालिकामा एक महिना यता सङ्क्रमण फैलिँदै गएको छ । 

    रूपनी गाउँपालिका ४ छप्की र लक्ष्मीपुरका तीन दर्जन चौपायामा लम्पी स्किन देखिएको छ । 

    जन्मेको केही महिनादेखि ठूलाठूला गाई गोरूलगायत चौपायामा लम्पी स्किन देखिन थालेको छ । 

    महदेवा गाउँपालिका ३ का राजकुमार यादवले लम्पी स्किनका कारण गाई, गोरु, बाच्छा बाच्छीको मृत्यु हुन थालेको बताउनुभयो । 

    राजविराज ६ का महिदेवप्रसाद चौधरीले पालेको एउटा गाईलाई लम्पी स्किन भएपछि गाईले घाँस खान छोडेको थियोे । 

     तीन हजारको तीनवटा सुई लगाएपछि निको भएपनि छिमेकीहरूको चौपायामा यो समस्या अझै रहेको उहाँले बताउनुभयो । 

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका प्रमुख रामपरित्र दासले केही दिन अगाडि पशुसेवा केन्द्र केन्द्रीय कार्यालयले भाइरसको विरूद्धको ३७ हजार ५ सय खोप उपलब्ध गराएको थियो । नपुग भएपछि थप ४ हजार किनेर ४१ हजार ५ सय जिल्लाका पशु चौपायालाई भ्याक्सिन लगाए पनि अझ नपुग भ्याक्सिन केन्द्रीय कार्यालयले उपलब्ध गराउन नसकेपछि थप समस्या भएको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार