• शनिबार, ७ कात्तिक २०८३
  • images

    निजामती अस्पतालका कार्यकारी निर्देशक डा रेग्मी र सचिव पन्थबीच कार्यसम्पादन  सम्झौता

    निजामती अस्पतालका कार्यकारी निर्देशक डा रेग्मी र सचिव पन्थबीच कार्यसम्पादन  सम्झौता

    बिहीबार , साउन १५ २०८२
    बिहीबार , साउन १५ २०८२
    निजामती अस्पतालका कार्यकारी निर्देशक डा रेग्मी र सचिव पन्थबीच कार्यसम्पादन  सम्झौता

    काठमाडौँ, १५ साउन  ।  निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मी  र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थबीच कार्य सम्पादन करार सम्झौता भएको छ।

    सो सम्झौता अनुसार कार्यकारी  निर्देशक प्राडा  रेग्मीले चालु आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालको सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने छ।
    सम्झौता अनुसार अस्पतालको सुशासन प्रवर्द्धन, वित्तीय पारदर्शिता, दक्ष जनशक्तिको परिचालन, स्वास्थ्य सेवामा प्रविधिको प्रयोग तथा अस्पताल व्यवस्थापनमा प्रभावकारिता देखाउनुपर्ने छ । 

    images


    उक्त सम्झौता कार्यसम्पादन मुल्यांकन प्रणालीलाई संस्थागत गर्दै सार्वजनिक संस्थाका नेतृत्वदायी पदमा रहेकाहरूको उत्तरदायित्व सुनिश्चित गर्ने उद्देश्यका साथ गरिएको हो । 


    सम्झौता पश्चात् सचिव पन्थले अस्पतालको स्वास्थ्य सेवा तथा  गुणस्तर बढाउन गरिएको बताउनुभयो ।

    उहाँले  नागरिकमैत्री सेवा प्रवाह गर्न कार्यसम्पादनमा पारदर्शिता र उत्तरदायित्व कायम राख्नुपर्ने बताउनुभयो ।

    कार्यकारी निर्देशक रेग्मीले कार्यसम्पादन सम्झौता अनुसार अस्पतालको विकासको लागि आफू दत्तचित्त भएर लाग्ने बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार