• आइतबार, ८ कात्तिक २०८३
  • images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नशासम्बन्धी रोग

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नशासम्बन्धी रोग

    शुक्रबार, साउन २ २०८२
    शुक्रबार, साउन २ २०८२
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नशासम्बन्धी रोग

    काठमाडौँ, २ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई नशासम्बन्धी रोग लागेको छ । 

    ह्वाइट हाउसले ट्रम्पलाई नसाको रोग लागेको बताएको छ । नसाको रोगका कारण ट्रम्पको खुट्टा सुन्निएको छ। ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पको खुट्टाको तल्लो भागमा सुन्निएको र दाहिने हातमा चोटका निशानहरू रहेको जानकारी दिनुभयो । प्रवक्ता लेभिटले पत्रकार सम्मेलनमा ट्रम्पका डाक्टरको पत्र पढेर सुनाउनुभयो । उहाँले दुवै रोग सामान्य भएको बताउनुभयो ।

    images

    उहाँल्ै पत्रकारहरूलाई खुट्टामा सुन्निने सामान्य नसाको रोगको कारणले हो र धेरै मानिसहरूसँग हात मिलाउँदा हातमा चोट लागेको जानकारी गराउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार