काठमाडौँ, २१ जेठ । राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)ले तोकेको निर्वाह भत्ता कार्यान्वयन नगर्ने मेडिकल कलेजहरुको सम्वन्धन खारेज गर्न माग गरेको छ ।
एनडीएएनका उपाध्यक्ष डा चण्डिका पण्डितको नेतृत्वमा गएको एनडीएएनको टोलीको चिकित्सा शिक्षा आयोग उपाध्यक्ष प्राडा अञ्जनीकुमार झालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले तोकेको निर्वाह भत्ता दिन एनडीएएनको माग छ ।
एनडीएएनले काठमाडौँ मेडिकल कलेज, नोवेल मेडिकल कलेज, चितवन मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज र पिपुल्स डेन्टल कलेजले निर्णय कार्यान्वयन नगरेको बताएको छ ।
ज्ञापन पत्रमा ती कलेजका एमबीबीएस र पीजीका म्याचिङ प्रक्रियामा रहेका सिट समेत रोकी, सिट नघटने गरी सरकारीमा समायोजन गर्न माग गरेको छ ।