काठमाडौँ, १० जेठ । राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्ष पदमा प्राडा विकास गौचन निर्वाचित हुनुभएको छ ।
चितवनमा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट प्राडा गौचनको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
निर्वाचन समितिका अनुसार संघको उपाध्यक्षमा डा मिलन गैह्रे, डा महेश महासेठ र डा चण्डिका पण्डित निर्वाचित हुनुभएको छ ।
यस्तै महासचिवमा डा सम्राट पराजुली निर्वाचित हुनुभयो । सचिवमा डा अरुण उप्रेती, डा अमन न्यौपाने, डा आधिराज आचार्य र डा वर्षा थापा निर्वाचित हुनुभएको छ ।
समितिको सदस्यहरुमा डा मंगल रावल, डा कालु सिंह खत्री, डा चन्दनकुमार यादव, डा। विनोद सिंह, डा निराजन यादव, डा अनित सिन्हा, डा सुवास गुरुङ, डा सुधिर रमण पराजुली, डा सिपी आचार्य रहनु भएको छ ।
यसैगरी डा निरज अर्याल, डा आरिफ हुसेन, डा परिचि भट्टराई, डा अनिल श्रेष्ठ, डा शशांक भट्टराई, डा विन अधिकारी, डा प्रसान्त राई, डा नवराज लामिछाने, डा नविन थापा, डा मदन रत्न न्यौपाने, डा अवधेशकुमार मण्डल, डा अजयकुमार अस्थाना, डा सुवास बञ्जाडे, डा सञ्जय धरेल, डा मोहम्मद सहबुद्धिन, डा उदय नारायण सिंह, डा नवराज जोशी र डा विनोद लेखक रहनु भएको छ ।
४१ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९ जना पदाधिकारी र ३२ जना केन्द्रीय सदस्यहरु हुनुहुन्छ । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने छ ।