• बिहीबार , ५ कात्तिक २०८३
  • images

    बीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारीबाट ८७ लाख ८५ हजार असुल गर्न निर्देशन

    बीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारीबाट ८७ लाख ८५ हजार असुल गर्न निर्देशन

    बुधबार, वैशाख ३१ २०८२
    बुधबार, वैशाख ३१ २०८२
    बीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारीबाट ८७ लाख ८५ हजार  असुल गर्न निर्देशन

    काठमाडौँ, ३१ वैशाख । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीबाट ८७ लाख ८५ हजार रुपैँया असुल गर्न बाँकी रहेको छ । 
    महालेखा परीक्षकको प्रतिवेदन अनुसार बीपी कोइराला मेमोररयल क्यान्त्सर अस्पताल कर्मचारी प्रशासन नियमावली २०६६ को दफा  १०१(२) बमोजिम आवास सुविधा प्रयोग गर्ने कर्मचारीले उपभोग गरेको आवासको भौतिक सुविधाको आधारमा निजको सुरुको तलबको ३ देखि ५ प्रतिशतका दरले हुने रकम अस्पतालको खातामा जम्मा गर्नुपर्नेमा कर्मचारीले उक्त रकम अस्पतालको खातामा जम्मा नगरेको पाइएको छ । 
    महालेखाको प्रतिवेदनमा २४१ जना कर्मचारीबाट यो वर्ष रु.८७ लाख ८५ हजार अस्पतालको खातामा जम्मा गर्न निर्देशन दिएको छ । 
    नियममा  भएको व्यवस्थाअनुसार आवास सुविधाच उपभोग गर्ने कर्मचारीबाट रकम असुल्न महालेखाले भनेको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार