• बिहीबार , ५ कात्तिक २०८३
  • images

    माधवकुमार नेपालको मुटुमा समस्या 

    माधवकुमार नेपालको मुटुमा समस्या 

    एन्जिओप्लास्टी सर्जरी गरियो

    शुक्रबार, वैशाख २६ २०८२
    शुक्रबार, वैशाख २६ २०८२
    माधवकुमार नेपालको मुटुमा समस्या 

    काठमाडौँ, २६ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुटुमा समस्या देखिएको छ ।
    मुटुमा समस्या देखिएपछि नेपाल अस्पताल भर्ना हुनुभएको छ । 

    नेपालको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो ।

    images

    मुटुको उपचारपछि उहाँलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । नेपाललाई सघन उपचार कक्षमा राखिएको छ ।

    के हाे एन्जिओप्लास्टी सर्जरी ?

    एन्जिओप्लास्टी सर्जरी भनेको हृदयका धमनीहरू साँघुरा वा अवरुद्ध भएका कारणले रक्तसञ्चारमा समस्या आउँदा ती धमनीहरूलाई फुलाएर रक्तप्रवाह सहज बनाउने चिकित्सकीय प्रक्रिया हो।

    कसरी गरिन्छ ?

    -सर्जरी नभई यो एक मिनिमल इन्भेसिभ (कम चीरफार हुने) प्रक्रिया हो।

    -सामान्यतया खुट्टा, हात वा कम्मरको कुनाबाट सुईमार्फत क्याथेटर (पातलो ट्युब) हृदयसम्म पुर्याइन्छ।

    -साँघुरो धमनीमा पुगेर एक बलुन फुलाइन्छ जसले धमनीलाई चौडा बनाउँछ।

    -कहिलेकाहीँ बलुन फुलाएपछि धमनी खुला राख्न स्टेन्ट (सजिलै नथुन्ने मेटलको जाली) राखिन्छ।

    कहिले आवश्यक पर्छ?

    -हृदयघात भएको अवस्थामा तुरुन्तै।

    -छाती दुख्ने समस्या बारम्बार भइरहने हो भने।

    -ECG, Echo वा Angiography जाँचमा धमनी बन्द देखिएमा।

    फाइदा

    -छाती दुखाइ कम हुन्छ।

    -हृदयघातको जोखिम घट्छ।

    -लामो समयको औषधि सेवनबाट बच्न सकिन्छ

    प्रतिक्रिया दिनुहोस
    थप समाचार