• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्यमा एक हजार जनशक्ति थप्ने मन्त्रीपरिषदको निर्णय 

    स्वास्थ्यमा एक हजार जनशक्ति थप्ने मन्त्रीपरिषदको निर्णय 

    शनिबार, वैशाख २० २०८२
    शनिबार, वैशाख २० २०८२
    स्वास्थ्यमा एक हजार जनशक्ति थप्ने मन्त्रीपरिषदको निर्णय 

    काठमाडौँ, २० वैशाख । मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमा एक हजार अस्थायी जनशक्ति थप्ने निर्णय स्वीकृत गरेको छ ।

    स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या हल गर्न अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेको हो। थप भएको दरबन्दी स्वास्थ्य बिमा बोर्ड र विभिन्न अस्पतालका लागि थपिएको हो ।

    images


    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त प्रस्ताव मन्त्रीपरिषदमा लानुभएको थियो ।

    गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि चार सय दुई जना जनशक्ति थपिने भएका छन् । बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लानुभएको थियो ।

    हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्याङ्कन सकिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्रै बाँकी दाबीमा मूल्याङ्कन सक्ने लक्ष्यमा सघाउने बताउनुभयो ।

    यसले ती अस्पतालहरूले सञ्चालनमा खेपिरहेको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । ‘संगठन तथा व्यवस्थापन संरचनाको काम नसकिँदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालहरूमा सहजता आउने विश्वास गरिएको छ,’ उहाँले भन्नुभयो  ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार