• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    आजपनि काठमाडौँ विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा

    आजपनि काठमाडौँ विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा

    बिरामीको संख्या बढ्याे

    मंगलबार, चैत २६ २०८१
    मंगलबार, चैत २६ २०८१
    आजपनि काठमाडौँ विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा

    काठमाडौँ, २६ चैत। मंगलबार पनि काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ । आईकयू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो ।

    वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । हाल पाटन, रत्नपार्क, रविभवनलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ ।

    images

    काठमाडौँपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित सहर बनेका छन् । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः पाकिस्तानको लाहोर, भियतनामको हो चि मिन, चीनको वुहान, इन्डोनेसियाको जकार्ता, म्यानमारको याङगोन, चीनको छेन्दु र कम्बोडियाको फेनोम पेन रहेका छन् ।
    काठमाडौँको एक्यूआई २६२ रहेको छ । यसलाई निकै अस्वस्थ मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । काठमाडौँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार