• सोमबार, १५ भदौ २०८३
  • images

    काठमाडौँ विश्वको दोस्रो प्रदूषित शहर

    काठमाडौँ विश्वको दोस्रो प्रदूषित शहर

    बिहीबार , फागुन १ २०८१
    बिहीबार , फागुन १ २०८१
    काठमाडौँ विश्वको दोस्रो प्रदूषित शहर

    काठमाडौँ, १ फागुन । काठमाडौँ विश्वको दोस्रो प्रदूषित शहर बनेको छ।
     विश्वभरको वायु स्वच्छता मापन गर्दै आएको आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई छ।

    त्यस्तै आइक्युर एयरका अनुसार पाकिस्तानको कराँची २१५ एक्यूआईसहित विश्वको प्रदूषित शहरमध्ये पहिलो नम्बरमा छ। चीनको वुहान नेपालपछिको स्थानमा छ भने पाकिस्तानकै लाहोर चौथो नम्बरमा छ।

    त्यस्तै नेपालमा भने पोखराको वायु प्रदूषण लगातार दोस्रो दिन पनि देशकै शीर्ष स्थानमा रहेको छ। बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ।

    वातावरण विभागका अनुसार पोखरा पछि दोस्रो स्थानमा काठमाडौंको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ। दुवैको वायु दूषण १८२ एक्यूआई मापन गरिएको छ। त्यस्तै भक्तपुर (१६९), धनगढी (१६७), रत्नपार्क क्षेत्र (१६३), हेटौंडा (१५९) र खुमल्टार (१५९) एक्यूआई वायु प्रदूषण मापन गरिएको छ।

    बिहानैदेखि वायु प्रदूषण उच्च हुँदा जनजीवन प्रभावित हुन थालेको छ। ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार