काठमाडौँ, १५ चैत । आन्दोलनमा घाइतेमध्य चारजनाको महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । उहाँलाई पेटमा गोली लागेको छ । उहाँले आन्दोलनमा गोली लागेका दुईसहित ४ जनाको उपचार भइरहेको जानकारी दिनुभयो ।
राजावादी आन्दोलनका क्रममा गोली लागेको एकको अवस्था गम्भीर छ । अस्पतालका निर्देशक डा. रिजालले गम्भीरमध्ये एकको आकस्मिक शल्यक्रिया भइरहेको बताउनुभयो । अर्का एक जनाको पाखुराभन्दा माथि कुममा गोली लागेको छ । डा. रिजालले अरु दुईजनाको भने मुखमा र खुटामा घाउ लागेको छ ।
अरु दुईजनाको भने मुखमा काटेको छ भने गोली गाँठोमा चोट लागेको छ ।