• सोमबार, १५ भदौ २०८३
  • images
    विश्व अटिजम जनचेतना दिवस

    के हो अटिजम ? तपाईका बालबालिकालाई पनि अटिजम हुनसक्छ !

    के हो अटिजम ? तपाईका बालबालिकालाई पनि अटिजम हुनसक्छ !

    अटिजमका लक्षण के हुन् 

    शनिबार, चैत १९ २०७८
    शनिबार, चैत १९ २०७८
    के हो अटिजम ? तपाईका बालबालिकालाई  पनि अटिजम हुनसक्छ !

    डा.सुनिता मलेकु अमात्य


    काठमाडौं । जन्मजात अपाङ्गता समस्या हुनुलाई अटिजम भनिन्छ । 
    अटिजम लागेको छ या छैन भनेर गर्भमै निक्र्यौल गर्न सकिदैन । बच्चा जब दुई वर्ष हुन्छ त्यसपछि बच्चाले कुनै प्रतिक्रिया नजनाएपछि मात्र अटिजम समस्या हो कि भनेर अनुमान लगाउन सकिन्छ । 


    हाल नेपालमा अटिजम भएका मानिस कति छन् भनेर भन्न सक्ने अवस्था छैन । सरकार या अन्य कुनै पनि संघसस्थाले अटिजम बारे अध्ययन अनुसन्धान गरेका छैनन् । नेपालमा यति संख्यामा अटिजमका बिरामी छन् भनेर भन्न सक्ने अवस्था पनि छैन । 
    विश्व स्वास्थ्य संगठनका अनुसार कुल जनसंख्याको एक प्रतिशतमा अटिजमको समस्या रहेको पाइन्छ । यहि आँकडालाई आधार मान्य हो भने पनि नेपालमा दुईलाख ५० हजार देखि तीन लाखसम्म अटिजम भएका बालबालिकाहरु रहेका छन् । 
    अटिजम छोरी मानिसलाई भन्दा छोरा मानिसलाई बढी हुन्छ । अटिजम कहिल्यै निको हुँदैन । 
    ‘अटिजम भएका बालबालिकाका लागि सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरुमा रहेको कमजोरी पक्षलाई अर्थात् सञ्चार र सामाजिक बुझाईलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तका आधारमा शिक्षा प्रदान गर्नु  हो । 
    कसरी गरिन्छ उपचार ?
    अटिजमका लागि औषधि उपचार नभए पनि उनीहरुमा हुने विशेष लक्षणलाई उपचार गर्न विभिन्न थेरापी गर्ने गरिन्छ । अटिजम भएका बालबालिकालाई विहाविएर एण्ड कम्युनिकेशन थेरापी र अकुपेशन थेरापीको माध्यामबाट मात्र उपचार गर्न सकिन्छ । उनीहरुलाई खेलको माध्यामबाट धेरै कुरा सिकाउनुपर्ने हुन्छ । अटिजम भएका बालबालिकाहरुमा सामाजिकीकरण र व्यवहारमा समस्या हुने गरेको छ । त्यहि अनुसार उनीहरुलाई उपचार गर्नुपर्छ
    अटिजमका लक्षणहरुः
    अटिजम भएका बालबालिकाहरुले बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन सक्दैनन् ।
     बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास हुदैन । 
    छरछिमेकीले सल्लाह दिँदासमेत त्यस्तै हो मेरो पनि ढिलो बोलेको, ढिलो हिंडेको वा अटिजम लक्षण भएको अवस्थामा पनि यस्तै हो भन्ने गर्दछन । 
    अटिजम भएको ढिलो पत्ता लाग्ने र समाधानमा  कठिनाइ आउने गर्छ । डा. सुनिताले सामान्यता दुईदेखि अढाई वर्षको अन्तरमा अटिजम हो भनेर पत्ता लगाउनसकिन्छ । साथिभाइसँग इसाराले बोल्ने, शब्द र वाक्य प्रयोग गरेर बोल्ने अथवा सञ्चार गर्ने, एकोहोरो हुने,साथीभाइ बनाउने मिलेर खेल्ने गर्दैनन् । 

    Autism Treats with Immunotherapy
    अटिजम भएका बालबालिकाहरुले  साथीभाइलाई धकेल्ने तथा कुटपिट  गर्ने गर्दछन् । एउटै खेलौनासँग धेरैबेरसम्म खेलिरहने वा खेलौनालाई खेलौना अनुसार नखेल्ने गर्दछन् । 
    आफूलाई चोटपटक लागेको थाहा नपाउने, पढाइलेखाइमा ध्यान केन्द्रित नहुने, बोलेर आफ्ना कुराहरु व्यक्त गर्न नसक्ने, मनमा लागेको कुरा भन्न नसक्ने, साथीभाइसँग दोहोरो सञ्चार गर्न नसक्ने खालका लक्षण हुन्छ ।  

    (लेखक अटिजम केएर नेपाल सोसाइटी नेपालकी अध्यक्ष हुनुहुन्छ ।) 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार