• बिहीबार , ५ कात्तिक २०८३
  • images

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको  साढे दुई अर्बको बजेट स्विकृत

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको  साढे दुई अर्बको बजेट स्विकृत

    १२ जना सिनेट सदस्यमा मनोनित

    बिहीबार , फागुन ८ २०८१
    बिहीबार , फागुन ८ २०८१
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको  साढे दुई अर्बको बजेट स्विकृत

    काठमाडौँ ८ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि २ अर्ब ४३ करोड २५ लाख १२ हजार ९६७ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत मंगलबार बसेको प्रतिष्ठानको पाँचौँ सिनेट बैठकले अघिल्ला आर्थिक वर्षका बजेट तथा कार्यक्रम अनुमोदन गर्दै चालु आर्थिक वर्षको बजेट स्विकृत गरेको हो ।

    images


    सभा बैठकले आगामी आर्थिक वर्ष २०८२र ०८३ को बजेट तथा कार्यक्रम सम्वन्धमा प्रस्ताव तयार गर्न रजिष्ट्रार डा श्याम लम्सालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।


    यस्तै बैठकले अस्पतालको सेवा विस्तार, शैक्षिक कार्यक्रम सञ्चालन, अनुसन्धान तथा तालीम र सामुदायिक स्वास्थ्य सेवा विस्तार सम्वन्धी नीति, कार्यक्रम तथा योजना समेत स्वीकृत गरेको छ ।

    यसैगरी बैठकले ४०० शैय्या क्षमताको अस्पताल निर्माण परियोजना कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पुरा गरेर परियोजना अगाडी बढाउन पहल गर्ने निर्णय भएको छ ।

    प्रतिष्ठानका रजिष्ट्रार डा लम्सालका अनुसार सभाले रिक्त सिनेट सदस्यहरुमा बलिभद्र राना, प्रकाश श्रेष्ठ, यमुना थापा मगर, सुशीला चौधरी र सुदीप गौतम सहित १२ जनालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार