काठमाडौँ, २ फागुन । डाक्टर प्रतिक श्रीवास्तवको निधन भएको छ ।
फागुन २ गते उहाँको सडक दुर्घटनामा निधनभएको हो । उहाँले मेडिकल अफिसरको रुपमा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा समेत काम गर्नुभएको थियो । भरतपुर महानगरपालिका–१० विशाल चोक नजिक भित्रि बाटोमा गएराति मोटरसाइकल दुर्घटना हुँदा डा.श्रीवास्तवको मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार व्यक्ति गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । गएराति १२ः४० बजेको समयमा ना ६४ प ५९३८ नम्बरको मोटरसाइकल सडक छेउमा रहेको सिमेन्टको गमलामा ठोक्किँदा वीरगञ्ज घर भइ हाल भरतपुर–१० पुरानो मेडिकल कलेज अगाडि डेरा गरी बस्ने वर्ष २८ को डा. प्रतिक श्रीवास्तवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उहाँ वीरगञ्जबाट भरतपुर आएको १० दिनजति मात्रै भएको थियो ।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका श्रीवास्तवलाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा गएराति १ बजेर १० मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल पछाडि सवार भरतपुर–१० हाकिमचोक बस्ने वर्ष २८ को विवेक चापागाईको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
यसेबीच
डा.श्रीवास्तवको निधनप्रति मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शोक विज्ञप्ती जारी गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
यस्तै नेपाल चिकित्सक संघ जुनिएर डक्टर कमिटिले पनि श्रीवास्तवको निधनप्रति गहिरो समवेदना प्रकट गरेको छ । शोक विज्ञप्ती जारी गर्दै संघले इमानदार र लगनशिल युवा चिकित्सकलाई गुमाउनुपरेको बताएको छ ।