काठमाडौँ, २४ माघ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/०८२ (व्याच २०२५) का लागि स्नातकोत्तर तहको सिट संख्या निर्धारण गरेको छ ।
आयोगद्धारा शिक्षण संस्थागत रुपमा विधागत शैक्षिक कार्यक्रमका लागि सिट निर्धारण गरेको हो ।
आयोगको गत २३ माघमा बसेको कार्यकारी समितिको बैठकले सिट निर्धारण गरेको हो । आयोगको निर्धारण गरेको सिट संख्याप्रति नेपाल चिकित्सक संघले विरोध जनाएको छ । संघले सरकारी संस्थामा कम सिट दिएको भन्दै आयोगको विरोध गरेको छ ।
चिकित्सा शिक्षा आयोगले सरकारी प्रतिष्ठानहरुमा स्नातकोत्तर तह (पिजी) अन्तर्गत एमडी÷एमएस रएमडीएसको सिट संख्या कम तोकेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको हो ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले गरेको निर्णयप्रति खेद प्रकट गरेको छ।
ुचिकित्सा शिक्षा आयोगद्वारा आज मिति २०८१ माघ २४ गते प्रकाशित गरिएको एमडी÷एमएस र एमडीएसको सिट संख्याप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,‘विज्ञप्तिमा भनिएको छ, ‘सरकारका प्रतिष्ठानहरुमा क्षमता भएको तथा विज्ञ टोलीद्वारा निर्धारण गरिए अनुसार सिट थप हुने अवस्था हुँदा हुँदै सिट संख्या बढेर नआउनु खेदजनक रहेको छ ।’
संघले सरकारी प्रतिष्ठानमा सिट संख्या कम तोक्दा नेपाल भित्रका जेहेन्दार चिकित्सकहरु स्नातकोत्तर तालिमको अवसरबाट बञ्चित भइ विदेश जान बाध्य हुने ठहर गरेको छ।
संघले चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा आवश्यक संशोधन गरी समस्याहरुको यथाशीघ्र दीर्घकालीन स्थायी समाधान गर्न पनि माग गरेको छ।
हेरौँ आयोगले तोकेको सिट विवरणः