• सोमबार, १५ भदौ २०८३
  • images

    पहिलो दिन एक लाख ४० हजार किशोरीले लगाए ‘एचपिभी’ खोप

    पहिलो दिन एक लाख ४० हजार किशोरीले लगाए ‘एचपिभी’ खोप

    मंगलबार, माघ २२ २०८१
    मंगलबार, माघ २२ २०८१
    पहिलो दिन एक लाख ४० हजार किशोरीले लगाए ‘एचपिभी’ खोप

    काठमाडौँ २२ माघ  । सरकारले मंगलबारदेखि देशव्यापी रूपमा सुरु गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको पहिलो दिन एक लाख ४० हजार किशोरीले खोप लगाएका छन्।

    अधिकांश जिल्लामा अभियान प्रभावकारी रूपमा सञ्चालन भए पनि केही जिल्लामा श्रीपञ्चमी पूजाको विसर्जन कार्यक्रमका कारण विद्यालयमा छात्राहरूको उपस्थिति कम रहेको परिवार कल्याण महाशाखा, खोप शाखाले जनाएको छ।


    खोप शाखाकाका अनुसार मधेसका धेरै जिल्लामा सरस्वती पूजाको विसर्जनका कारण विद्यार्थी अनुपस्थित देखिएका थिए ।  

    अन्य जिल्लामा भने किशोरीहरूमा खोपप्रति उत्साह देखिएको रिपोर्ट प्राप्त भएको शाखाको भनाई छ । साथै, विद्यालय नर्स र शिक्षकहरूले विद्यार्थीलाई खोपबारे पूर्ण जानकारी दिएको पाइएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियानको शुभारम्भ गरेका थिए। मंगलबार बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रमा पुगेर कार्यक्रमको सुरुवात गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार