काठमाडौं , २० पुस । पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी युवतीसंग संगै बसेका युवक मृत अवस्थामा फेला परेका छन् ।
घटनामा संलग रहेको आरोपमा उनलाई प्रहरीले खोजी गरेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा फरार भनिएका ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बसेका थिए ।
गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् ।
ओखलढुंगा डिएसपी कृष्ण खड्काका अनुसार फरार रहेका थापा शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।