• बिहीबार , ५ कात्तिक २०८३
  • images

    एउटै अस्पतालका लागि ४०० नर्स सहित ८२१ जना स्वास्थ्यकर्मी माग

    एउटै अस्पतालका लागि ४०० नर्स सहित ८२१ जना स्वास्थ्यकर्मी माग

    माघ १५ भित्र आवेदन दिनुपर्ने

    शुक्रबार, पुस १२ २०८१
    शुक्रबार, पुस १२ २०८१
    एउटै अस्पतालका लागि ४०० नर्स सहित ८२१ जना स्वास्थ्यकर्मी माग
     
    दाङ, १२ पुस ।  एउटै अस्पतालले एकैपटक ४०० नर्स सहित ८२१ जना स्वास्थ्य क्षेत्रका जनशक्ति माग गरेको छ ।
    दाङस्थित घोराहीमा सञ्चालनमा आउन लागेको नयाँ अस्पताल सञ्जीवनी अस्पतालले एकैपटक ८२१ जना स्वास्थ्यकर्मी माग गरेको हो ।
    अस्पतालले सबैभन्दा धेरै नर्स माग गरेको छ ।
    अस्पतालका लागि दाङको घोराही उपमहानगरपालिकाको गोगली भन्ने स्थानमा अहिले भवन निर्माणको काम अगाडि बढीरहेको छ। भवन निर्माणको काम अन्तिम चरणमा पुगेपछि अस्पतालले जनशक्ति माग गरेको हो।

    अस्पतालले माघ १५ गतेभित्र आवेदन दिन भनेको छ। अस्पताल ३ अर्ब लगानीमा निर्माण भइरहेको अर्यालले जानकारी दिएका छन्।
    अस्पतालले जनशक्ति आवश्यकताको सूचना निकाल्दै इच्छुकलाई आवेदन दिन भनेको छ ।
    हेरौँ सूचनाः
    1735289544313.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    थप समाचार