• बिहीबार , ५ कात्तिक २०८३
  • images

    विपदबाट उद्धार गरिएका घाइते बिरामीको नि:शुल्क उपचार हुने

    विपदबाट उद्धार गरिएका घाइते बिरामीको नि:शुल्क उपचार हुने

    शनिबार, असोज १२ २०८१
    शनिबार, असोज १२ २०८१
    विपदबाट उद्धार गरिएका घाइते बिरामीको नि:शुल्क उपचार हुने
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

    काठमाडौँ, १२ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  बाढी पहिरो सहितका प्राकृतिक प्रकोपबाट घाइते र बिरामीहरुको निशुल्क उपचारको व्यवस्था मिलाउने भएको छ ।
    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले केही दिन देखि परेको अबिरल बर्षा र त्यसपछि आएको बाढीपहिरोबाट घाइतेको नि:शुल्क उपचार गर्नलाई स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको जानकारी दिए ।

    मन्त्रालयका प्रवक्ता डा  बुढाथोकीले सबै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रहरुले आपतकालीन अवस्थामा सवास्थ्य सम्वन्धी समस्याको बारेमा जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्ने, प्रदेश जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्ने, प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरुले हव तथा स्याटेलाइट अस्पतालहरुसंग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहहरुलाई तयारी अवस्थामा राख्न समेत निर्देशन दिएको बताए ।
    यस्तै स्वास्थ्य सँस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

    images

    हेरौं  विज्ञप्ती :

    केहि दिन देखि नेपालको अधिकांश क्षेत्रमा मौसममा बदलाव आई मेघ गर्जन/ चट्याङ्ग/ हावाहुरी सहितको वर्षाका कारणले निम्ताएको प्राकृतिक प्रकोपले गर्दा जनमानसको स्वास्थ्यमा प्रतिकुल प्रभाव परिरहेको र भविष्यमा थप पार्नसक्ने भएकोले सबै स्वास्थ्य सँस्था र सम्बन्धित सरोकारवालाहरूलाई सतर्क रही तपसिल बमोजिमको कार्य गर्न गराउनुहुन यो विज्ञप्ति जारी गरिएको छ।

    तपसिल:
    १. सबै स्वास्थ्य संस्थाहरूले यस विपदबाट उद्दार गरिएका घाइते/ विरामीहरुको नि:शुल्क उपचार गर्ने,
    २. सबै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रहरूले आपतकालीन अवस्थामा स्वास्थ्य सम्बन्धी समस्याको बारेमा जानकारी प्रदान गर्नका लागि हटलाईन नं. सार्वजनिक गर्ने,
    ३. प्रदेश, जिल्ला र स्थानीयतहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्ने,
    ४. प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरूले हब तथा स्याटेलाइट अस्पतालहरू सँग समन्वय गरी आकस्मिक चिकित्सिकीय समूहहरूलाई तयारी अवस्था राख्नुहुन,
    ५. हब तथा स्याटेलाइट अस्पताल संजालहरूले अस्पताल विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार प्रतिकार्य गर्न गराउनुहुन,
    ६. प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरूले स्वास्थ्यका साझेदार निकायहरू सँग समन्वय गर्नुहुन र श्रोत साधनहरुको अध्यावधिक गर्नु गराउनुहुन,
    ७. स्वास्थ्य सँस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउने,
    ८. आपतकालीन अवस्थामा स्वास्थ्य सम्बन्धी कुनै समस्याको बारेमा जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाईन नं. “१११५” मा सम्पर्क गर्ने,
    ९. आपतकालीन अवस्था आईपरी स्वास्थ्य सँस्था जानुपरेमा तालीम प्राप्त एम्बुलेन्स चालक र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्सको हटलाईन नं. “१०२” मा सम्पर्क गर्ने,
    १०. प्राकृतिक विपद् का बेला पानी प्रदुषित भई निम्त्याउन सक्ने पानीजन्य रोगहरू (जस्तै झाडापखाला, हैजा, आदि) तथा कीटजन्य रोगहरू (जस्तै डेंगी, मलेरिया आदि) पनि बढ्न सक्ने हुनाले सबै सरोकारवालाले सोको बारेमा सतर्कता अपनाउनुहुन र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने,

    यस विपदको घडीमा प्रभावित नागरिकहरूको उद्दार तथा स्वास्थ्य उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले यस मन्त्रालय जनस्वास्थ्यको सुरक्षाको व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालयहरू, प्रदेश सम्बन्धित निकायहरू मार्फत स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रहरूले समन्वयको व्यवस्था गरिरहेको जानकारी गराउदै सबैमा सुरक्षित रहन अनुरोध गर्दछौं |

    डा. प्रकाश बुढाथोकी
    प्रवक्ता/ प्रमुख HEDMU/HEOC

    प्रतिक्रिया दिनुहोस
    थप समाचार