काठमाडौँ, ३१ भदौ । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ नेप्लीज सोसाईटी अफ मेडिकल अंकोलोजी (नेस्मो)को अध्यक्षमा निर्वाचित भएका छन् ।
सस्थाको दोस्रो अधिवेशनले नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका अध्यक्ष समेत रहेका डा. श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
निर्विरोध निर्वाचित भएको उपाध्यक्षमा डा. रोशन प्रजापति, सचीवमा डा. अजय झा र कोषाध्यक्ष डा. सुस्मिता शर्मा निर्वाचित भए ।
यस्तै सदस्यहरुमा डा. राजिव देव, डा. सचिन शाक्य, डा. रमिला सिल्पाकार डंगोल, डा. लिजा कोशिन र डा. विवेक कंडेल रहेका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।
हाल नेस्मोमा ४० जना भन्दा बढी सदस्य छन् ।
कार्यक्रममा डा. श्रेष्ठले क्यान्सर उपचारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जानकारी दिए ।
उनले मेडिकल अंकोलोजिष्टहरुको लागि ‘रिकगनाइजेसन’ गर्न, युवापुस्ताका मेडिकल अंकोलोजिष्टलाई अवसरहरु दिन तथा क्यान्सर उपचारका लागि मेडिकल अंकोलोजिष्ट बन्ने वातावरण निर्माणका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
डा. श्रेष्ठले क्यान्सर उपचारमा औषधिको महत्व एकदमै रहेको भन्दै नेपालको पुरानो औषधि नीतिका कारण समय-समयमा समस्या हुँदै आएको बताए ।
भारतमा आएको औषधि नेपालमा सहज रुपमा आउन ३/४ वर्ष लाग्ने उनको भनाइ छ । यो अवधीमा थुप्रै नयाँ औषधि आईसक्छ ।