• शनिबार, ७ कात्तिक २०८३
  • images

    एमपक्सको नयाँ भेरिएन्ट फैलिनु चिन्ताजनक : डब्लुएचओ

    एमपक्सको नयाँ भेरिएन्ट फैलिनु चिन्ताजनक : डब्लुएचओ

    मंगलबार, भदौ ४ २०८१
    मंगलबार, भदौ ४ २०८१
    एमपक्सको नयाँ भेरिएन्ट फैलिनु चिन्ताजनक : डब्लुएचओ

    काठमाडौं, ४ भदौ ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अदानाम गेब्रेएसेसले एमपक्कसको नयाँ भेरिएन्ट तीव्र रुपमा फैलिनु चिन्ताजनक रहेको बताएका छन्। एमपक्सलाई विश्व जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गरेको केही दिनपछि बोल्दै यस्तो बताएका हुन्। 


    उनले भनेका छन्, 'यो पहिले भन्दा ज्यादा चिन्तकजनक छ । किनकि नयाँ भेरिएन्ट ज्यादा घातक हुन्छ।'

    images

    अफ्रिकामा फैलिरहेको एकपक्स केही दिनअघि स्वीडेनमा पनि देखिएको छ। यसलाई अफ्रिकाससँग जोडेर अध्ययन भइरहेको छ। 

    डब्लुएचओका यूरोप डायरेक्टर डा हेन्स क्लुगेले यो नयाँ कोभिड नभएको बताए। पत्रकारको प्रश्नमा उनले भने, 'यो नयाँ कोभिड होइन । किनकि यसलाई नियन्त्रण गर्ने तरिका हामीलाई थाहा छ।'
    सबै मिलेर यसलाई नियन्त्रण गर्ने सकिने उनले बताए। उनले भने,  'यसको खोप जरुरी भएको ठाउँमा पुर्यातउनुपर्छ । ताकि डर र उपेक्षाको चक्र तोड्न सकियोस्।'

    प्रतिक्रिया दिनुहोस
    थप समाचार