• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    दुईजना नर्स निलम्बनमा , उपचारमा गम्भीर गल्ती गरेको आरोप

    दुईजना नर्स निलम्बनमा , उपचारमा गम्भीर गल्ती गरेको आरोप

    दुई डाक्टर र २१ नर्सलाई स्पष्टीकरण

    बिहीबार , साउन १७ २०८१
    बिहीबार , साउन १७ २०८१
    दुईजना नर्स निलम्बनमा , उपचारमा गम्भीर गल्ती गरेको आरोप


    चितवन, १७ साउन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई जना नर्सलाई निलम्बनमा परेका छन् । 
     बिरामीको उपचारमा गम्भीर त्रुटि गरेपछि उनीहरुलाई अस्पतालले निलम्बन गरेको हो । निलम्बनमा पर्ने नर्सहरुमा  प्रभा तामाङ र आकृति श्रेष्ठ हुन् । 
    सोही आरोपमा अस्पतालले अरु दुई जना चिकित्सक र २१ जना नर्सलाई स्पष्टीकरण सोधेको छ । 
    लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उपचारका लागि सो अस्पताल पुगेका थिए ।  चिकित्सकहरुले आवश्यक परीक्षण पछि उपचार  सुरु गरे तर उनको १३ असार राती मृत्यु भयो । परिवारले उनको मृत्युलाई स्वभाविक नठानेपछि छानविन भएको थियो । 
    अस्पतालले पनि उनको मृत्युको कारण छानविन गर्न उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले गत ३ साउनमा प्रतिवेदन बुझाएको थियो । 
    प्रतिवेदनमा बिरामीको मृत्यु उपचारका क्रममा प्रयोग भएको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएको उल्लेख छ । किमोको मात्रा १० गुणा बढी दिएपछि मृत्यु भएको हो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिइएको थियो । त्यसैको असरबाट बिरामीको मृत्यु भएको हो । 
    अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले मेडिकल वार्डमा कार्यरत स्टाफले तीन पटकसम्म सोही मात्राको किमो दिएका थिए । 
    ‘खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायोप्सी’ गरेर क्यान्सर एकीन गरिएको थियो । सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो । 
    अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले उक्त मृत्यु कारण संकास्पद भएपछि छानविन टोली गठन गरेको जानारी दिए । उनले प्रतिवेदनमा मेडिकल इरर देखिएकोले कारबाही गरिएको बताए ।  सो टोलीले दिएको प्रतिवेदन र सिफारिसकै आधारमा दुई जना नर्सलाई निलम्बन र २१ जना नर्स तथा दुइ जना डाक्टरलाई स्पष्टीकरण सोध्ने काम भएको बताए । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार