• सोमबार, १५ भदौ २०८३
  • images
    न्यायधिस र कानुन निर्मातासंग छलफल

    मस्तिष्क मृत्युपछि हुने अंगदान र प्रत्यारोपणमा प्रचारप्रसार पुगेन

    मस्तिष्क मृत्युपछि हुने अंगदान र प्रत्यारोपणमा प्रचारप्रसार पुगेन

    मंगलबार, साउन १ २०८१
    मंगलबार, साउन १ २०८१
    मस्तिष्क मृत्युपछि हुने अंगदान र प्रत्यारोपणमा प्रचारप्रसार पुगेन


    काठमाडौँ, १ साउन । सर्वोच्च अदालतका न्यायधिस तथा कानुन निर्मातासंग मस्तिष्क मृत्युपछि हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि छलफल गरिएको छ । 
    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यु पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अन्तर्किया कार्यक्रम गरिएको हो । 
    मस्तिष्कमृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण क्षेत्रमा रहेका सामाजिक चुनौतीका वावजुत र जनचेतनाको अभिवृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रहेको थियो । अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी सबैमा भयो भने मात्र अंग प्रत्यारोपण सहज हुन सक्छ भन्ने उद्देश्यले सर्वोच्च अदालतका न्यायधिस तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तिलाई निमन्त्रणा गरिएको हो । 
     शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विद् डा पुकार चन्द्र श्रेष्ठले मरेपछि खरानी भएर जाने अंग या गाडेर सकिने अंगदान दिन सके १ जना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिने बताए । उनले  सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्वपुर्ण भएको बताए । उनले मस्तिष्क मृत्यु पछि हुने अंगदान र प्रत्यारोपणमा अझै जनचेतना तथा प्रचारप्रसार पुग्न नसकेको बताए । 

    hotc pgmm.jpg
    डा.श्रेष्ठले सबैले आ– आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्यौ भने विदेशमा जस्तै ८० प्रतिशत प्रत्यारोपण नेपालमा पनि मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगबाट हुने र अंग नपाएर प्रत्यारोपण बाट बञ्चित हुने भइ मृत्युवरण गर्नु पर्ने आवस्थाकोे अन्त्य हुने जानकारी गराए । 
    उनले मस्तिष्क मृत्यूबाट हुने अंगदान गर्नका लगि नेपाल सरकारले स्पष्ट मापदण्ड बनाएको हुँदा त्यही अनुसार अंग वितरण हुने जानकारी बताए । 
    सर्वोच्च अदातलका न्यायाधीश सपना प्रधान मल्लले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपण क्षेत्रमा धेरै काम गरेको हुँदा त्यस केन्द्रमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीले २४ घण्टा खटिएर काम गर्नुपर्ने अवस्था रहेको बताइन् । उनले कार्यरत कर्मचारीको परिवारको न्यूनतम आवश्यकता पुरा गर्नको निम्ती कठिनपर्ने हुँदा उक्त टिमलाई सुविधा बढाउनुपर्नेमा जोड दिइन् ।  मस्तिष्क मृत्यु भई अंगदान दिने परिवारलाई आर्थिक भन्दा अन्य सेवावाट सहयोग र सम्मान गर्नुपर्ने उनको भनाई थियो । । प्रत्यारोपण कानूनी हिसावले पनि चुनौतिपूर्ण रहेको हुँदा पारर्दशी कार्यन्वयमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याइन् । 
    उनले प्रत्यारोपणलाई व्यवस्थित बनाउनको लागि अंगदाताको स्वास्थ्यमा सहयोग पु¥याउने खालका कार्यक्रमको विका गर्नुपर्ने बताईन । 
    कार्यक्रममा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले प्रत्यारोपण हुने संस्थामा अनिवार्य रुपमा कानुन व्यवसायी राख्नुपर्ने बताए । उनले अंगदानबाट प्रत्यारोपण हुने अस्पतालमा कानुन व्यवसायी भएन भने अंगदानमा चलखेल हुने बताए । 

    कानुन मान्त्रालयका सचिव फडिन्द्र गौतमले प्रत्यारोपण केन्द्रको आफ्नै भवन नभएको र  सानो स्थानवाट अंग प्रत्यारोपण जस्तो कार्य सफलताका साथ सम्पन्न गर्न खटिने चिकित्सक कर्मचारीलाई कामको आधारमा मुल्याङ्कन गरी थप इन्सेन्टिभ दिनुपर्ने बताए ।  अंगदाता परिवारलाई अंगदान गरेवापत सोझै पैसा दिनुभन्दा अन्य किसिमवाट सम्मानजनक सहयोग गर्नुपर्र्ने बताए । 
    कार्यक्रममा सहभागीहरुले मस्तिष्क मृत्युबाट हुने अंगदान तथा प्रत्यारोपण प्रवद्र्धन गर्नको लागि जनचेतना अभिवृद्धी गर्नुपर्ने बताए । मस्तिष्क मृत्यु भनेको मृत्यु नै हो भनि बुझाउनु आवश्यक रहेकाले यसको प्रचारप्रसार गर्नुपर्ने र अंगदाता परिवारलाई शिक्षा, स्वास्थ्यको पहुँचमा सहुलियत दिने तथा राज्यले सम्मान गर्नुपर्ने बताए । अंगदान गर्ने परिवारको बीमा गरी सहयोग हुन सक्ने उनको भनाई थियो । 
    अन्र्तक्रिया कार्यक्रममा सर्वोच्च अदालतका  न्यायधिस, कानून, न्याय तथा संसदीय मामिल मन्त्रालयका  सचिवहरु,  विशेष अदालतका अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरीवल र नेपाली सेनाका अधिकृत प्रतिनिधि, नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार