• मंगलबार, ३ कात्तिक २०८३
  • images

    झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा भ्रष्टाचार

    झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा भ्रष्टाचार

    बुधबार, असार २६ २०८१
    बुधबार, असार २६ २०८१
    झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा भ्रष्टाचार

    काठमाडौं, २६ असार ।  पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापित स्वास्थ्य प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार सहित ५ जनालाई ८ वर्षका दरले कैद फैसला भएको छ। 

    विशेष अदालतले मधेश प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार यादव, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई ८ वर्षका दरले कैद तोकेको हो।

    images

    मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमारलाई विशिष्ट पदमा रहेर भ्रष्टाचार गरेको भन्दै थप एक वर्ष एक महिनाको कैद सजाय ठहर भएको छ।

    विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार, उनीहरुबाट २ करोड ३५ लाखका दरले विगो असुल्ने र ३ करोड ५९ लाख ६६ हजार रुपैयाँका दरले जरिवाना तोक्ने फैसलासमेत भएको छ।
    विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नामबाट समेत भ्रष्टाचार भएको ठहर सहित सर्लाही लालबन्दीमा रहेको जग्गा र सवारीसाधन जफत गर्न आदेश दिएको छ। 

    उक्त संस्थाको नाम फेरेर अहिले राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद बनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार