• शनिबार, ७ कात्तिक २०८३
  • images

    बागमती प्रदेशका  स्वास्थ्यमन्त्री श्रेष्ठद्वारा राजीनामा

    बागमती प्रदेशका  स्वास्थ्यमन्त्री श्रेष्ठद्वारा राजीनामा

    सोमबार, असार २४ २०८१
    सोमबार, असार २४ २०८१
    बागमती प्रदेशका  स्वास्थ्यमन्त्री श्रेष्ठद्वारा राजीनामा

    काठमाडौँ, २४ असार  । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।

    उनी सहितका एमालेका सबै मन्त्रीहरु सरकारबाट बाहिरिएका छन् । सोमबार स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमालेका पाँच जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जमरकट्टेलसमक्ष रानीनामा बुझाएका हुन् । २० चैत्रमा श्रेष्ठ स्वास्थ्यमन्त्री बनेका थिए ।

    images

    उनले ४ महिनामै स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता गठबन्धन निर्माण गर्ने सहमति संघमा बनेसँगै प्रदेश सरकारमा पनि त्यसको असर पर्न थालेको हो ।

    एमाले समर्थित अन्य मन्त्रीहरुले पनि राजिनामा दिएका छन् । 
    यसरी राजीनामा दिनेहरुमा आर्थिक मामिला मन्त्री जगन्नाथ थपलिया, उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरण मन्त्री केशव पोखरेल र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्री एकालाल श्रेष्ठ रहेका छन् ।

    एमालेका मन्त्रीहरुले राजिनामा बुझाएपछि  माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् ।
     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार