• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    ट्रमा सेन्टरको प्रमुखमा डा रुद्र मरासिनी नियुक्त 

    ट्रमा सेन्टरको प्रमुखमा डा रुद्र मरासिनी नियुक्त 

    शुक्रबार, जेठ ११ २०८१
    शुक्रबार, जेठ ११ २०८१
    ट्रमा सेन्टरको प्रमुखमा डा रुद्र मरासिनी नियुक्त 

    काठमाडौं, ११ जेठ । ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा रुद्र मरासिनी नियुक्त भएका छन् ।

    नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले मरासिनीलाई सेन्टरको प्रमुखमा नियुक्त गरेका हुन् ।

    images

    मरासिनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख थुए । ट्रमामा हाल डा प्रमोद यादव निमित्त मेसु थिए।

    इपिडिमियोलोजी महाशाखामा भने हाललाई कसैलाई पनि पठाइएको छैन ।

     मन्त्री यादवले मन्त्रालय र माताहतका निकायमा कर्मचारीको सरुवा गरेका छन्। 

    स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका अनुसार मन्त्री यादवले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जय ठाकुरलाई वीर अस्पतालमा काज फिर्ता गरेका छन ।
     केन्द्रमा हाललाई कसैलाई पनि जिम्मेवारी दिइएको छैन।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा रोशन न्यौपानेलाई निर्देशकको जिम्मेवारी दिइएको छ। अस्पतालमा निर्देशक रहेका डा युवानिधि बसौलालाई कान्ति अस्पतालमा फिर्ता पठाइएको छ। उनलाई निर्देशकको जिम्मेवारी भने दिइएको छैन।

    यस्तै, राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा अवधेश कुमार मिश्रालाई प्रमुख मेसुको जिम्मा दिइएको छ। 

    यसैगरी, मन्त्रालयका उपसचिव चिरञ्जिवी घिमिरेलाई आयुर्वेद विभागमा पठाइएको छ। आयुर्वेद विभागमा रहेका रेवतीरमण शर्मालाई कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार