• आइतबार, ८ कात्तिक २०८३
  • images

    नेपाली विद्यार्थीबारे युएसएमएलईको ५७ पेजको जवाफ 

    नेपाली विद्यार्थीबारे युएसएमएलईको ५७ पेजको जवाफ 

    मंगलबार, फागुन ८ २०८०
    मंगलबार, फागुन ८ २०८०
    नेपाली विद्यार्थीबारे युएसएमएलईको ५७ पेजको जवाफ 

    काठमाडौं,८ फागुन । नेपाली डाक्टरको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन (युएसएमएलई) रद्द गर्नुको कारण खुलाउँदै नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले अदालतमा जवाफ पेश गरेको छ। 

    अमेरिकाको वासिङ्टन डिसीमा चलिरहेको मुद्दामा प्रतिवादी नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले स्कोर रद्द गर्नुपर्नाको कारण दाबी गर्दै ५७ पेजको तर्क अदालतमा पेश गरेको छ। अमेरिकाबाट प्रकाशित हुने नेपयोर्कले उल्लेख भए अनुसार फेडेरेशन अफ स्टेट मेडिकल बोर्डका मुख्य मूल्याङ्कन अधिकारी डेभिड जोन्सन, नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरका वरिष्ठ अधिकारी क्रिस फेडक, युएसएमएलईका उपाध्यक्ष एलेक्स जे मेचाबर, एसोसिएट उपाध्यक्ष डेनियल जुरिच, युएसएमएलईका सेवाग्राही अनुभव निर्देशक कोलिन वार्डले आफ्ना घोषणाहरु पेश गरेका छन्। 

    images

    यसैगरी बर्गीय मुद्दाका विरुद्धमा १४ पेज लामो र प्रारम्भिक आदेशको मागविरुद्धमा ४३ पेज लामो जवाफ समेत उनीहरुले अदालतमा पेश गरेका छन्।  

    नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरका तर्फबाट मुद्दाको प्रतिनिधित्व मिउ क्यारोलिनले गरेको बताइएको छ। युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयन रोक्नका लागि प्रारम्भिक आदेशको माग गर्दै दायर मुद्दाका सन्दर्भमा प्रतिवादी द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले फेब्रुअरी १८ को बेलुका ५ बजेसम्म आफ्नो भनाइ पेश गर्न अदालतले समयसीमा दिएको थियो। उक्त समयसीमा सकिनु केही मिनेट अगाडि ती कागजातहरु पेश गरिएको अदालतको रेकर्डमा भेटिएको बताइएको छ। 

    आदेश फेब्रुअरी २१ को बेलुका ५ बजे वा त्योभन्दा अगाडि जारी हुन सक्ने जनाएको छ। युएसएमएलईले नेपालका केही विद्यार्थीको नतिजा रद्द गरेपछि  प्रभावित डाक्टरले द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध फेब्रुअरी १२ मा अमेरिकी अदालतमा दायर गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार