• सोमबार, २ कात्तिक २०८३
  • images

    साइनोडेन्ट अन्तर्राष्ट्रिय संस्थाबाट कान्तिपुर डेन्टल कलेजलाई उपाधि

    साइनोडेन्ट अन्तर्राष्ट्रिय संस्थाबाट कान्तिपुर डेन्टल कलेजलाई उपाधि

    दन्त चिकित्सामा उत्कृष्ट अस्पताल

    आइतबार, फागुन ६ २०८०
    आइतबार, फागुन ६ २०८०
    साइनोडेन्ट अन्तर्राष्ट्रिय संस्थाबाट कान्तिपुर डेन्टल कलेजलाई उपाधि

    काठमाडौं, ६ फागुन । बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिंग हस्पिटलले उत्कृष्ट डेन्टल कलेजको उपाधी प्राप्त गरेको छ ।

    दन्तचिकित्सा, अनुसन्धान र प्रवर्धनमा क्रियाशिल अन्तराष्ट्रिय संस्था साइनोडेन्टले राजधानीमा सम्पन्न दशौं अन्तराष्ट्रिय डेन्टल कन्फ्रेन्सका अवसरमा कान्तिपुरलाई उपाधिबाट सम्मान गरेको हो ।

    images

     सो अवसरमा साइनोडेन्टकी सिइओसमेत रहेकी इण्डियन सोसाईटी अफ डेन्टिस्ट्रीकी अध्यक्ष डा. अनमोल बगरियाले अत्याधुनिक प्रविधिसहित कलेज एवं अस्पतालले नेपालमा दन्तचिकित्साको प्रवर्धन र विकासमा ठूलो भूमिका खेलेको उल्लेख गरिन् ।

    संस्थाले विश्वका विभिन्न देशमा दन्त चिकित्सा सेवा एवं शिक्षामा योगदान गर्ने संस्थाहरुलाई अवार्ड प्रदान गर्ने गरेको छ ।


    कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले कलेजले प्राप्त गरेको अवार्ड दन्त चिकित्साको शिक्षा र सेवामा आफ्नो संस्थाले गरेको मेहेनतको कदर र थप हौसलाका रुपमा बुझेको प्रतिक्रिया दिए । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालको आयोजनामा राजधानीमा दुईदिने राष्ट्रिय सम्मेलन एवं साइनोडेन्टको दशौं अन्तराष्ट्रिय सम्मेलनका क्रममा देशविदेशका सयौं चिकित्सक, पेशाकर्मी र विद्यार्थीहरु सहभागी भएका थिए ।

     

    सम्मेलनमा दन्त चिकित्सा, प्रविधि र अनुसन्धानका विषयमा विभिन्न सत्रको आयोजना गरियो । सम्मेलनको अन्तिमदिन शनिवार विभिन्न सांस्कृतिक कार्यक्रम, पोस्टर प्रदर्शनी, अवार्ड वितरण लगायतका कार्यक्रम गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार