• सोमबार, २ कात्तिक २०८३
  • images

    कान्तिपुर डेन्टल कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठलाई साइनोडेन्ट इन्टरनेशनल अवार्ड

    कान्तिपुर डेन्टल कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठलाई साइनोडेन्ट इन्टरनेशनल अवार्ड

    हेल्दीखबर
    मंगलबार, भदौ ७ २०७९
    हेल्दीखबर
    मंगलबार, भदौ ७ २०७९
    कान्तिपुर डेन्टल कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठलाई साइनोडेन्ट इन्टरनेशनल अवार्ड

    काठमाडौ । दन्त रोग विशेषज्ञ तथा कान्तिपुर डेन्टल कलेजमा प्रिन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठले  ‘साइनोडेन्ट इन्टरनेशनल अवार्ड’ २०२२ प्राप्त गर्नुभएको छ ।
    गत बिहीबार प्राडा श्रेष्ठलाई भारतको लखनउमा भएको विश्व दन्त सम्मेलनको अवसरमा साइनोडेन्ट ग्लोबल हेल्थकेयरले  उक्त अवार्ड प्रदान गरेको हो।
    अटलविहारी बाजपेयी साइन्टिफिक कन्भेन्सन सेन्टरमा आयोजित विशेष समारोहमा साइनोडेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा अनमोल बगरियाले उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।
    दन्त चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा प्राडा श्रेष्ठलाई ‘बेष्ट ओभरसिज डेन्टिस्ट अफ द इयर’ विधाबाट सो अवार्ड प्रदान गरिएको   हो।
    डा श्रेष्ठले लखनउको किंग जर्ज मेडिकल युनिभर्सिटीमा साइनोडेन्ट र इन्डियन सोसाइटी अफ डेन्टीस्ट्रीले आयोजना गरेको चौथो विश्व दन्त विज्ञान तथा मुख स्वास्थ्य सम्मेलनमा प्रमुख वक्ताका रुपमा वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार