काठमाडौं, ७ माघ । महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा मुटुरोग विशेषज्ञ डा.चन्द्रमणि पौडेल नियुक्त भएका छन् ।
कलेजले मुटुरोग विशेषज्ञको रूपमा कार्यरत डा.पौडेललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो ।
ऊनी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छन् ।
नेपालगन्ज मेडिकल कलेजबाट पूर्ण छात्रवृत्तिमा चिकित्सा शास्त्रमा स्नातक गरेका डा.पौडेलले इन्टरनल मेडिसिनमा स्नातकोत्तर(एमडी) गरेका छन् ।
उनले कार्डियो विषयमा विद्यावारिधि (डक्टरेट अफ मेडिसिन) डीएम हासिल गरेका छन्
।
सन् २००३ देखि चिकित्सकको रूपमा कार्यरत पौडेलसँग करिब २० वर्षको अनुभव छ । स्याङ्जाको हिमालयन बोर्डिङ स्कुलमा अध्ययन गरेका डा.पौडेल एसएलसीमा जिल्लाकै सर्वोत्कृष्ट विद्यार्थी थिए।
यसका साथै पोखराको पृथ्वी नारायण क्याम्पसबाट विज्ञान सङ्काय अध्ययन गरेका डा.पौडेलले प्रवीणता प्रमाणपत्र तहमा पनि सर्वोत्कृष्ट भएका थिए।