• सोमबार, १५ भदौ २०८३
  • images

    डाक्टर पढ्दै गरेका दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु 

    डाक्टर पढ्दै गरेका दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु 

    हेल्दीखबर
    आइतबार, माघ ७ २०८०
    हेल्दीखबर
    आइतबार, माघ ७ २०८०
    डाक्टर पढ्दै गरेका दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु 
    फाइल तस्वीर

    काठमाडौँ, ७ माघ । एमबीबीएस (डाक्टर) अध्ययनरत दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

    पर्साको वीरगञ्जमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनुषाका सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी दुबै जना वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।


    वीरगञ्ज महानगरपालिका १५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा उनी दुवै विद्यार्थीको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

    मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मोटरसाइकल सडकबाट तल झाडीमा खसेको देखिएको छ ।

    मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार