काठमाडौं, २८ पुस। चन्द्रागिरीको सेतो पहरामा भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
दुर्घटनामा ३८ वर्षीय डा महेशकुमार गौतमको परिवारको मृत्यु भएको हो। डा गौतमसहित उनका ४ वर्षीय छोरा प्रियान्स गौतम, ६ वर्षीया छोरी स्मारिका गौतम, ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको मृत्यु भएको छ।
डा गौतम बाल रोग विशेषज्ञ हन्। उनी नेपाल आस्थमा एलर्जी सेन्टर लाजिम्पाटमा कार्यरत थिए।
मृत्यु हुने सबै चिकित्सक परिवार रहेका छन्।शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको भ्यान ११:५५मा हिमचुली सेतो पहरास्थित सडकबाट पाँच सय मिटर तल खसेको थियो।
दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। भ्यानमा सवारमध्ये एक जना सकुसल रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।
दुर्घटनामा डा सृष्टि तिवारी गौतम भने घाइते छिन्। उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ। डा सृष्टि क्यान्सर रोग विशेषज्ञ हुन्।