मकवानपुर । मकवानपुरको हेटाैँडा–१५ स्थित रातेमाटेमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ९९७३ नंको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा हेटाैँडा– १५ का १८ वर्षीय प्रकाश दियाली र हेटौँडा–३ का २२ वर्षीय सुशान्त दियाली छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले बसको ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा त्यहाँका चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको बताइएको छ ।