• बिहीबार , ५ कात्तिक २०८३
  • images

    मधेस प्रदेशमा १४८ जना नर्स, डाक्टर लगायत  स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर

    मधेस प्रदेशमा १४८ जना नर्स, डाक्टर लगायत  स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर

    हेल्दीखबर
    बिहीबार , पुस ५ २०८०
    हेल्दीखबर
    बिहीबार , पुस ५ २०८०
    मधेस प्रदेशमा १४८ जना नर्स, डाक्टर लगायत  स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर

    काठमाडौं, ५ पुस । मधेस प्रदेशमा ठूलो संख्यामा  नर्स, डाक्टर लगायत  स्वास्थ्यकर्मी माग गरिएको छ ।
     मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गरी छैटौँ तहदेखि नवौँ तहसम्मका चिकित्सक स्वास्थ्यकर्मी माग गरेको हो । 

    विभिन्न विधामा गरी ९३ जना नवौँ तहका विशेषज्ञ चिकित्सकका माग गरिएको छ । सबैभन्दा धेरै मेडिकल अधिकृत २८ जना मागिएको छ।  तहमा नर्सिङ अधिकृत ६, अस्पताल व्यवस्थापक ३, फार्मेसी अधिकृत ६ र फिजियोथेरापिस्ट ६ गरी सातौँ तहमा २१ जना मागिएको छ। 

    images

    छैटौँ तहमा अप्टोमेट्रिस्ट ६ जना माग गरिएको छ । 

    सबै पदमा गरी १४८ जना चिकित्सक, स्वास्थ्यकर्मी प्रदेश स्वास्थ्य मन्त्रालयले करार सेवामा माग गरेको छ । इच्छुकलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । माग गरिएको जनशक्ति मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल जनकपुर बाहेकमा प्रादेशिक अस्पतालका लागि भएको पनि जानकारी दिइएको छ । 
    सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिइसक्नुपर्ने छ । 
    हेरौं सूचना: 

    f413abc615d6a1bd40ac426b9989ec77.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार