काठमाडौं, २८ मंसिर । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले करार सेवामा नवौँ तहका लागि २७ चिकित्सक माग गरेको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै करारमा चिकित्सकहरूको माग गरेको हो।
कर्णाली प्रदेशका विभिन्न जिल्लाका लागि स्वास्थ्य सेवातर्फ नवौँ तहका २७ जना चिकित्सकहरू माग गरिएको छ।
मन्त्रालय कर्णाली प्रदेश मातहतका स्वास्थ्य सेवा कार्यालयहरूमा रिक्त रहेका विभिन्न प्राविधिक पदहरूका लागि विज्ञापन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सूचना अनुसार मुगु, कालिकोट, रुकुम पश्चिम, दैलेख, सल्यान, जाजरकोट, जुम्ला, हुम्ला जिल्लामा विशेषज्ञ चिकित्सक माग गरेको हो ।
हेरौँ सूचनाः
